२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी विजयी

उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी विजयी

1.7K
Shares

अर्थ नेपाल मोरङ / उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतलाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएको हो । खड्गीले ८४४ मत प्राप्त गरे भने भट्टराईले ७७७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेद्वार धर्मराज शाक्यले ३३ मत ल्याए ।
कुल एक हजार ८७६ मतदाता रहेको सङ्घको निर्वाचनमा एक हजार ७४३ ले मतदान गरेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने विजयी हुनुभएको छ । यसैगरी उद्योग उपाध्यक्षमा यामलाल रसाइली, वाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, महासचिवमा रामबहादुर थापा, उद्योग सचिवमा सम्झना खतिवडा आचार्य, वाणिज्य सचिवमा नेत्र आँपागाई र कोषाध्यक्षमा सुनिल बोहोरा निर्वाचित भएका छन ।
यस्तै सदस्यहरूमा डिल्लीराम खतिवडा, कृष्णराज गिरी, निर्मला चौहान, यज्ञबहादुर कार्की र योगेन्द्र निरौला निर्वाचित हुनुभएको छ । सङ्घको लेखा समिति संयोजकमा केदार रिजाल र लेखा सदस्यमा जङ्गबहादुर कार्की र विनिता दाहाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक महेन्द्रजङ्ग तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij