
अर्थ नेपाल काठमाडौं/आइएमई प्रिभिलेज कार्ड भएका सेवाग्राहीले अब सुमेरु अस्पतालको सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। आइएमई र सुमेरु अस्पतालबीच भएको सम्झौता अनुसार यो सहुलियत प्रदान गरिएको हो।
कर्मचारीहरु र आइएमईका व्यवसायीक साझेदारहरूले भने १३ प्रतिशतसम्म छुट पाउने छन्। यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागू हुने जनाइएको छ।
सुविधा लिन आइएमईले प्रदान गरेको कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ। यो सम्झौता ५ वर्षसम्मका लागि हुने जनाइएको छ।
आइएमईसँग आवद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सुविधा प्रदान गर्न कार्यक्रम ल्याइएको ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij