अर्थ नेपाल काठमाडौं/अब मासिक १२ हजार ९९९ रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले डाट्सनका गाडी किन्न पाउने भएका छन्।
मेगा बैंक र डाट्सनको आधिकारिक वितरक पायनियर मोटो कर्प बीच ऋण प्रदान गर्ने सम्झौता भएको छ। ऋण १० बर्षसम्ममा भुक्तानी गर्नुपर्ने जनाइएको छ ।
डाट्सनका अलवा निशान कम्पनीका सबै गाडीमा पनि सरल किस्तामै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै सुरुमा भुक्तानी गनुपर्ने छ ।
प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा दिइने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाबाट लिन सकिनेछ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij