
अर्थ नेपाल काठमाडौं /सिद्घार्थ बैंकले काठमाडौंको चाबहिल र चितवनको पर्सामा नयाँ शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १२६ एटीएम र ९०० भन्दा बढी पीओएस मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij