२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाल विकास समाजलाई सिभिल बैंकद्वारा दुई लाख सहयोग

बाल विकास समाजलाई सिभिल बैंकद्वारा दुई लाख सहयोग

1.3K
Shares

अर्थ नेपाल काठमाडौं/ सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण भयो ।

उक्त कार्यक्रममा बाल विकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरु तथा अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।
सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij