२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंकको ‘मेरो सिटिजन्स बचत खाता’

सिटिजन्स बैंकको ‘मेरो सिटिजन्स बचत खाता’

1.8K
Shares

अर्थ नेपाल काठमाडौं /सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सार्वजनिक गरेको छ । ‘मेरो सिटिजन्स बचत खाता’ नामक उक्त बचत योजना सातै प्रदेशका नागरिकलाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ । उक्त नयाँ बचत खाताको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
न्यूनतम १ सय रुपैयाँमा खोल्न सकिने उक्त खातामा निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट (मोबाइल) बैंकिङ सुविधा, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड सुविधा दिइएको छ । त्यस्तै, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्टरस्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्बा सेवाजस्ता सुविधा दिइएको बैंकले जनाएको छ ।
दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको जनाइएको छ ।
बैंकले देशभरमा ७९ शाखा, ७१ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij