
अर्थ नेपाल काठमाडौं/नेपालमा रेनो गाडीको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले क्याप्चर कार्निभल मेला गरिरहेको छ । कम्पनीले यहि श्रावण २२ वाट सुरु भएको यो मेला श्रावण २९ गते सम्म चल्ने जनाएको छ ।
रेनो कार प्रेमीहरुका लागि रेनोकोे क्याप्चर कार्निभल मेला नेपाल अधिराज्यभरि चलिरहेको छ । अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभल मेलामा रेनोको कार प्रयोगकर्ताहरुले रेनोको पुरानो कार नयाँ कारसँगै एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । यो अभियानले ग्राहकलाई ३ लाख बराबरसम्मको एक्सचेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । यो मेला मार्फत ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरेर आकर्षक उपहार जित्न सक्ने छन् ।
रेनो क्याप्चर कार्निभल मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा पनि जानकारी प्रदान गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij