२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चितवनमा बस र ट्रक ठोक्दिा चार जनाको मृत्यु १७ घाइते

चितवनमा बस र ट्रक ठोक्दिा चार जनाको मृत्यु १७ घाइते

2.1K
Shares

चितवन/गएराति चितवनको रत्ननगर नगरपालिका – १० मा बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र पूर्वबाट नारायाणगढ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक आपसमा ठोक्किँएको हो ।
दुर्घटनामा ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक (सोही ठाउँका) ३० वर्षीय बुद्धिमान लामा र यात्रु काठमाडौं थानकोट– ३ का ४८ वर्षीय विष्णुप्रसाद थापा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक एक महिलाको भने नाम खुल्न बाँकी छ ।
घाइते १७ जनाको कलेज अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij