
अर्थ नेपाल काठमाडौं/नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । तीजको अवसर पारेर विभिन्न गायक गायिकाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गर्ने गर्छन् । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको शब्द र सारिका घिमिरेको स्वरमा तीज गीत स्रोता–दर्शकमाझ आउँदै छ ।
यस गीतमा पछिल्लो समयमा चर्चामा रहेका सङ्गीतकार दीपक शर्माको सङ्गीत रहेको यस तीज गीतमा सुदीप सागरको एरेञ्ज रहेको छ ।
‘गीतको रेकर्डिङ् सकिएको छ, चाडै नै भिडियोको छायाँकन हुँदै छ, हामीले छिट्टै स्रोतारदर्शकमाझ तीज गीत लिएर आउँदै छौ’, गीताले भनिन् । मिलाप मासिक तथा मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक समेत रहेकी गीताको यो पहिलो तीज गीत हो । उनि भन्छिन् ‘मैले गीत, कविता, कथाहरु लेख्दै आएपनि मेरो रकर्डिङ भएको यो तीज गीत पहिलो हो ।’
‘तीजका गीतमा गुनासो, पीडा, दुःखलाई केन्द्र बिन्दुमा राखेर आउँने गर्छन की छाडा प्रकारका आउँने गर्छन यो गीत त्यस्तो नभएर गीताको शब्दमा जागरण प्रकारको रहेको छ’, गायिका सारिकाले भनिन् । नायिकाबाट गायिकाको परिचय बनाउँदै गायिका सारिकाले यो गीत बजारमा आएका तीज भन्दा यसको मौलिक पक्षलाई ध्यानमा राख्दै अलिक फरक प्रकारले तयार पारिएको बताइन ।
सोलो एल्वम ‘मोहनी’ र फिल्मका साथै अन्य गीत गाएर स्रोता÷दर्शकमाझ आफ्नो गायिकीको परिचय प्रस्तुत गरेकी सारिका घिमिरेको पनि यो तीज गीत भने पहिलो नै हो । उनका ‘काले दाई‘’, ‘मुलको पानीले‘’, ‘के देखर मायाँ लायौ’, ‘कन्फ्फूजन’जस्ता गीत चर्चामा छन् ।
सारिकाले छोटो समयमै गायन मार्फत विभिन्न अवार्डहरु पनि चुम्न सफल छिन् यो तीज गीतमा उनलाई कतिको सफलता मिल्ने हो त्यो त गीत स्रोतारदर्शकमाझ आए पछि नै थाह नै होला, तर अलिहेलाई भने उनी आशावादी देखिएकी छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij