
काठमाडौं/ बुधबार राति रसुवाको टिमुरे बजार नजिक पहिरो खस्दा चार जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि गत राति पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

तीमध्ये एउटा घरमा होटल थियो। मृत्यु हुनेहरुमा होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका श्याम श्रेष्ठ (४२), रेशम खड्का (३७), विक्रम श्रेष्ठ (२७) र मंगल तामाङ (४५) रहेका छन् । उनीहरू सबै केरूङबाट सामान ल्याउने सवारीका चालक भएको प्रहरीले जनाएको छ।
होटल सञ्चालक दुई जना अहिलेसम्म पनि बेपत्ता छन्।

पहिरो खसेपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र नाका रसुवागढी पुग्ने बाटो पनि बन्द भएको छ। पहिरोले टिमुरेको प्रहरी पोष्ट पनि भत्काएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij