२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्वतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते

पर्वतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते

1.5K
Shares
फाइल फोटो

अर्थ नेपाल पर्वत/पर्वत जिल्लाको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार रहेका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।
घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij