
अर्थ नेपाल काठमाडौं/सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स विच सम्झौता भएको छ ।
बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए ।
रिलायबल इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत ग्राहक प्रत्यक्ष लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याईएको कुरा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij