२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

एक्सपो पोखराको पहिलो संस्करण मंसिर १३ गतेदेखि २४ गतेसम्म हुने

एक्सपो पोखराको पहिलो संस्करण मंसिर १३ गतेदेखि २४ गतेसम्म हुने

1.5K
Shares

 

अर्थ नेपाल पोखरा/पोखरा उद्योग वाणिज्य संघले गएको वर्ष आयोजना गरेको ‘सफल राष्ट्रिय औद्योगिक मेला तथा दोस्रो मोवाइल मेला २०७४, पोखरा’ बाट १० लाखभन्दा बढी बचत गरेको जनाएको छ ।

आय व्ययबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाबाट १० लाख ५५ हजार ९ सय बचत भएको बताए ।
उहाँका अनुसार मेलामा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी भएको तथा १ करोड ७ लाख ७० हजार ९ सय ६ रुपैयाँ खर्च भएको थियो । लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ गएको पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको थियो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउनु मेलाको उदेश्य थियो । यसैगरी समग्र गण्डकी प्रदेशको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित मेला आफ्नो उदेश्यमा सफल भएको अध्यक्ष पालिखेले दावी गरे ।
मेलाको करिब १ लाख ८० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको जिकिर गर्दै उनले टिकट काटेर मेला अवलोकन गर्नेहरुको संख्या भने ४८ हजार ४ सय ६० जना रहेको जानकारी दिए । अध्यक्ष पालिखेका अनुसार आन्तरिक राजश्व कार्यालय पोखरालाई मेलाबापत संघले ९ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ नेपाल सरकारलाई प्रत्यक्ष कर बुझाएको जानकारी दिए ।
संघका अध्यक्ष पालिखेले समयानुकुल मेलालाई परिष्कृत गर्ने क्रममा यो पटक मेलाको नाम नै परिवर्तन गरी एक्सपो पोखरा राखिएको जानकारी समेत दिए । एक्सपो पोखराको पहिलो संस्करण यही आउँदो मंसिर १३ गतेदेखि २४ गतेसम्म आयोजना गरिने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij