
अर्थ नेपाल काठमाडौं /बैंकिङ क्षेत्रबाट सिटिजन्स बैंकले आइक्यानद्वारा उत्कृष्ट वार्षिक प्रतिवेदनको अवार्ड प्राप्त गरेको छ।
आइक्यानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बैंकलाई ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड २०१७’ प्रदान गरिएको हो। यसअघि बैंकले २०१५ मा साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा बंगलादेशमा आयोजित कार्यक्रममा पनि ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड’ पाएको थियो।
बैंकले यो अवार्ड लिएसँगै सुशासन तथा पारदर्शी वार्षिक प्रतिवेदन प्रकाशनका लागि अझै बल पुगेको जनाएको छ। बैंकका देशभर ७८ वटा शाखा, ७० एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij