२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँचौं छायाँछवि तीजम्यूजिक अवार्डको दर्ता आव्हान

पाँचौं छायाँछवि तीजम्यूजिक अवार्डको दर्ता आव्हान

1.9K
Shares

अर्थ नेपाल काठमाडौं/छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्यूजिक अवार्डको पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीतमार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथ ाप्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij