२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच सम्झौता

1.4K
Shares

अर्थ नेपाल काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्यालयको उपस्थिती रहेको थियो ।
अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij