२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबिच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबिच सम्झौता

1.5K
Shares

अर्थ नेपाल काठमाडौं/सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलविच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के।सीले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेका थिए ।
बैंकका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो अस्पतालसंग उक्त सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
नागरिक कम्यूनिटी टिचिङ हस्पिटलका प्रवन्ध सञ्चालक नगेन्द्र झाले सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे ।
आफ्ना ग्राहकहरु र कर्मचारीहरmको स्वास्थोपचार लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पतालसँग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशव राज केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij