२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुर्गम गाउँमा राष्ट्रिय वाणिज्य बैंकका शाखा विस्तार

दुर्गम गाउँमा राष्ट्रिय वाणिज्य बैंकका शाखा विस्तार

1.9K
Shares

अर्थ नेपाल काठमाडौं/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सोमबारबाट थप तीन वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोटमा शाखा कार्यालय सोरु, रसुवा जिल्लाको कालिका गांउपालिका वडा नं. २ स्थित शाखा कार्यालय कालिकास्थान र खोटाङ्ग जिल्लाको केपिलासगढी गांउपालिका वडा नं. ४ स्थित शाखा कार्यालय बाक्सिलाबाट कारोबार सुरु गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप राष्ट्रिय वाढिाज्य बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।
बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij