२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकको अध्यक्षमा भोजबहादुर शाहलाई पुनः चयन

मेगा बैंकको अध्यक्षमा भोजबहादुर शाहलाई पुनः चयन

1.2K
Shares

अर्थ नेपाल काठमाडौं/मेगा बैंकको सातौं साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ ।
काठमाडौँमा शुक्रबार राति सम्पन्न साधारणसभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन्।
सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij