२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकका स्थानीय तहमा सम्पूर्ण शाखाहरु विस्तार

सानिमा बैंकका स्थानीय तहमा सम्पूर्ण शाखाहरु विस्तार

2.1K
Shares

अर्थ नेपाल काठमाडौं/ सानिमा बैंक लिमिटेडले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ आषाढ मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाहरुबाट बैंकले स्थानिय कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको बताएको छ । सानिमा बैंकका उक्त शाखाहरु समेत गरी सातवटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटीएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij