२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई जनरल इन्स्योरेन्सले १ अरब ९२ लाख बीमा प्रिमियम संकलन

आइएमई जनरल इन्स्योरेन्सले १ अरब ९२ लाख बीमा प्रिमियम संकलन

1.9K
Shares

अर्थ नेपाल काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष ०७४।७५ मा कूल बीमा शुल्क १ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ ।
व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष ०७४।७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको बताए ।
०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij