
अर्थ नेपाल काठमाडौँ /सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी ६ टारमा मेगा बैंकले नयाँ शाखा खोलेको छ ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंककी सीईओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने बताईन् । साथै मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरु सहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताईन् ।
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम मार्फत सेवा दिइरहेको छ ।
भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई गाभिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij