२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३४ जना उपाधी बिजेताहरु एउटै र्याम्प

३४ जना उपाधी बिजेताहरु एउटै र्याम्प

2.5K
Shares

अर्थ नेपाल काठमाडौँ / पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपतीको प्रमुख आतिथ्यमा शो सम्पन्न भएको थियो ।
पहिलो सिक्वेन्स टिशर्ट राउण्ड, दोश्रो क्रियटिभ डिजाईन विभिन्न वेष्टेज वस्तुबाट निर्मित पहिरनहरुको डिजाईन फेशन डिजाईनरमा ममता बस्नेत, ढाका डिजाईनमा फेशन डिजाईनर जानुका राई वेस्टर्न डिजाईनमा फेशन डिजाईनर सुमित रजकको डिजाईनमा तयार भएका आकर्षक डिजाईनले सम्पूर्ण उपाधी विजेता मोडलहरुले र्याम्प शो गरेका थिए भने दर्शकहरुलाइ आकर्षित समेत गरेका थिए । कार्यक्रममा करीब २५ जना ईभेन्ट अर्गनाईजरहरु समेत एकै साथ र्याम्पमा हिडेका थिए भने आफ्ना कम्पनीको प्रतिनिधित्व गरेका विजेतालाई स्वयं आयोजकले नै प्रमाण पत्र प्रदान गरेका थिए । अन्तिम राउण्ड तथा सवैभन्दा आकर्षक राउण्ड आफुले उपाधी जितेको समयमा पहिरेका पहिरन, स्यास तथा क्राउनमा उपस्थित भएका मोडलहरुले आफ्नो उपाधी बिजेता शो प्रस्तुत गरेका थिए ।


फेशन शो मा चर्चित कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, हाहायोयो महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीले आफ्नो प्रस्तुती दिएका थिए । करीव ५०० जतिको संख्यामा दर्शकहरु रहेका थिए । यल्लो प्यागोडा होटलमा भरिभराउ हलमा उभिएर हेर्ने दर्शकको संख्या समेत उल्लेख्य रहेको थियो । कार्यक्रम संचालनको जिम्मेवारी अहिलेका चर्चित फेशन कोरियोग्राफरहरु रोजीन शाक्य तथा आश्विनी झाले गरेका थिए । दुवै लोकप्रिय कोरियोग्राफरहरुले कार्यक्रम संचालन गर्नु तथा नेपाल अधिराज्यभरका ईभेन्ट आयोजकहरुलाई एउटै र्याम्प शोमा उतार्नु, सवै व्युटी प्याजेन्टका उपाधी बिजेताहरुलाई फेशन शो मार्फत र्याम्पमा उतार्नु निकै च्यालेन्जीङ्ग काम भएको कुरा आयोजक तथा प्याजेन्ट नेपालका अध्यक्ष राजेन्द्र लुईटेलले बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दै लैजाने उपाधी बिजेताहरुलाई विभिन्न किसिमका अवसरहरु प्रदान गर्दै लैजाने अध्यक्ष लुईटेल बताउँछन् ।
उक्त फेशन शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए । शो लाई सुजुकी ड्राईभिङ्ग स्कूल, बिग मास्टर वाइन, अर्ना बियर, नाट, नेपाल टेलीकम, लेटमीईन , युरो एशीया एजुकेशन एसके ईन्टरटेनमेन्टले प्रायोजन गरेको थियो । सहभागी मोडलहरुलाई स्पोन्सर्स कम्पनीहरुले विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । स्मरण रहोस प्याजेन्ट नेपाल डटकम प्याजेन्टको सूचना मूलक जानकारी एवं समाचारहरु सम्प्रेक्षण गर्ने मात्र होइन विभिन्न फेशन शो तथा व्युटी प्याजेन्टमा आकर्षक ड्रेसहरु डिजाईन गरि उपलब्ध गराउदै आईरहेको छ । उक्त फेशन शोलाई काष्ठमण्डप टेभिजन तथा यश टेलीभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो भने मेकअप राज मेकअप स्टुडियो र फोटोग्राफी आर्टिष्ट नेपालको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij