
अर्थ नेपाल काठमाडौं/स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्लस टुमा अध्ययनरत किशोरीहरुका बिचको सौन्दर्य प्रतियोगिता मिस टीन प्लस टु आयोजना गर्ने भएको छ । राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययन गरिरहेका किशोरीहरुको आत्मविश्वास, बौद्विक र व्यक्तित्व विकासका लागि हरेक वर्षभैmँ यो वर्ष पनि मिस टिन प्लस टु २०१८ आयोजना गर्न लागेको स्टार वनकी पेजेन्ट निर्देशक पुजा निरौलाले बताइन् ।
बालकृष्ण पोखरेलको संयोजनमा आगामी साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगितामा कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मि सेवा, एश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ्ग, रोशनी श्रेष्ठ, दिपिका अधिकारी, चन्द्रीका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, निरु कुचिकार, सदिक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठकले अन्तिम स्पर्धा गर्नेछन्। अन्तिम प्रतिस्पर्धामा रहेका प्रतियोगी किशोरीहरुलाई करिब १ महिना लामो समयसम्म नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञहरुले प्रशिक्षण दिईरहेको पेजेन्ट निर्देशक निरौलाले बताइन्।
प्रतियोगिताको विजयीलाई उच्च शिक्षाको छात्रवृत्ति, टफेल, आइएलटिएस, भाषा प्रशिक्षण, विदेश अध्ययनका लागि विशेष छुट, निः शुल्क एयर होस्टेस तालिमको ब्यबस्था गरिएको प्रतियोगिताअन्र्तगत ग्रुमिङ्ग, मास फेसिङ्ग, ब्यक्तित्व विकास, जुम्वा, हेल्थ चेक–अप, लिडरसिप, एयर होस्टेस ट्रेनिङ्ग गाईड, डान्स कोरियोग्राफी, सेल्फ मेक–अप टे«निङ्ग, वृद्ध आश्रम भिजिटको तालिम र अवसर मिलाइएको निरौलाले जानकारी गराइन्। गत वर्षको प्रतियोगितामा योगिक्षा संग्रौलाले उपाधि जितेकी थिइन् भने त्यसअघि अस्मिता सोती र निकी थपा विजयी भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij