२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई सरकारले जनही ५ लाखका दिने घोषणा

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई सरकारले जनही ५ लाखका दिने घोषणा

1.7K
Shares

अर्थ नेपाल काठमाडौं/मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।
सोमबार प्रतिनिधिसभामा सो घटनाको बारेमा जानकारी गराउँदै
गृहमन्त्री रामबहादुर थापा बादलले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। साथै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरे।
उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको र उनीहरु खतरामुक्त रहेको पनि जानकारी दिए।
शुक्रबार मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो।

दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङजाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो। त्यसैगरी रोल्पाका ८ जनासहित १२ जना घाईतेहरु रहेको पनि गृहमन्त्री थापाले जानकारी गराए।
सरकारले मृतकहरुको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ । गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरुको शव परिवारलई बुझाउने व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij