२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गर्भ निरोधक ‘इ–कन’ अब एक चक्कीमा

गर्भ निरोधक ‘इ–कन’ अब एक चक्कीमा

1.9K
Shares

अर्थ नेपाल काठमाडौं/ नेपाल सिआरएसद्वारा वितरित ई–कन अब एक चक्कीमा बजारमा आएको छ। बिगतमा ई कन एक चक्की खाई सकेपछि अर्को खान बिर्सिने सम्भावना सर्बेक्षणमा ज्यादा देखिएपछि एउटै चक्कीमा उपलव्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १.५ एमजी लेभोनोरजेसत्रेल कम्पोजीशन एक चक्कीमै उपलब्ध छ। असुरक्षित यौन सम्पर्क भएको १२० घण्टाभित्रको समयमा जती सक्दो चाँडो खायो त्यति नै बढी प्रभाबकारी रहने कम्पनीको दावी छ।

यद्यपी यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एच.आई.भि तथा यौनजन्य रोगहरु सर्नबाट नरोक्ने भएकाले त्यसतर्फ सचेत रहन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij