२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच सम्झौता

1.3K
Shares

अर्थ नेपाल काठमाडौं/ रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंक नेपालबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेका थिए ।
यो सम्झौता अनुसार अब मेगाका ग्राहकले देशभरिका शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा पुग्ने मेगा बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij