२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मारुती सिमेन्टद्धारा डिलरहरुलार्इ सम्मान

मारुती सिमेन्टद्धारा डिलरहरुलार्इ सम्मान

1.7K
Shares

अर्थ नेपाल काठमाडौं /मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौँ स्थित हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मारुती सिमेन्टका कार्यकारी निर्देशक अनुज राठीले सम्पूर्ण डिलर वर्गमा उनीहरुको मिहीनेत र सहकार्यप्रति कृतज्ञता व्यक्त गरे ।
सोही कार्यक्रमको अवसरमा खुसी सप्लायर्स् एण्ड इन्भेष्ट्मेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ ट्रेडिङ (पोखरां), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव ट्रेडर्स (नारायणघाट), कोशी पूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स् (विराटनगर) र कोशी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा ट्रेडस (लाहान) लाई उत्कृष्ट विक्रेता पुरस्कारद्वारा सम्मान गरेको छ ।
साथै भण्डारी सप्लायर्स् (बर्दिवास) लाई उदयीमान विक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा ट्रेडर्स (लाहान) लाई नेपालकै ‘सर्वोत्कृष्ट विक्रेता’को उपाधि प्रदान गर्दै पुरस्कृत गरेको छ । साथै कम्पनीले नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिनु हुने विनोद केशरी उपाध्यायलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij