
अर्थ नेपाल काठमाडौं/हालै परिणाम आएको एसईईका किशोरीहरुमाझ राजधानीमा आयेजित सौन्दर्य तथा प्रतिभामुलक प्रतियोगतामा सन्ध्या सिग्देल मिस टिन एसईई भएकी छिन् । स्टार वन इन्टरटेनमेन्टको आयोजनामा भएको राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सन्ध्याले मिस ब्युटिफुल, मष्ट फोटोजेनिक र सोसियल्लि रेस्पोन्ससिवलको उपउपाधि पनि जितेकी छिन् ।
प्रतियोगितामा एलिसा लामिछाने फस्ट रनर्सअपका साथमा वेष्ट सिंगर, जेसिका भण्डारी सेकेण्ड रनर्सअपका साथमा फेसन आइकन, ईशा कार्की थर्ड रनर्सअपका साथमा मिस क्याटवाक तथा निमा लाम्हु शेर्पा मष्ट पपुलरका साथमा मिस कन्जिनियालिटि भएका छन्। त्यसैगरी ललिता वली बेष्ट हेयर, रानिका खनाल मष्ट पे्रmण्डली, यजु तामाङ मस्ट डिसिप्लिन, उच्चता मगर बेष्ट डान्सर, सारिका खडका ब्युटि विथ पर्पस र फेसबुक च्वाईस, रक्षा न्यौपाने भ्युवर्स च्वाइस, रोशनी थिङ तामाङ बेष्ट स्माइल, ः स्नेहा न्यौपाने बेष्ट फिजिक, ः कामना घिमिरे सोसल वेलफेर एम्बेष्डर, सोफिया तण्डुकार मिस टयालेन्ट, श्रेया कार्की बेष्ट स्किन, पृष्मा लुईंटेल बेष्ट स्पिच, जस्मीन शाह बेस्ट पर्सनालिटी, याहाना राई मष्ट फिटनेस, सोनिया श्रेष्ठ मष्ट आईकोनिक आईज र जस्मिन थापा मगर मष्ट गर्जियस भएका छन्।
प्रतियोगिताको आयोजक संस्था स्टार वन ईन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले एसईईका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिता सहभागी सबैका लागि प्रभावकारी भएको बताइन्।
अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, गायक तथा गीतकार सिताराम पोखरेल, गायक, संगीतकार तथा अभिनेता एसकुमार, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेको प्रतियोगिता बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij