
अर्थ नेपाल काठमाडौं / नेपाल आयल निगमले लगातार बढेको पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने गरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
तर हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने नघटेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij