
अर्थ नेपाल अमेरिका /आर एण्ड आर समुहले संयुक्त आयोजना गरेको भक्तराज आचार्य सहयोग साँझ भर्जिनियामा सम्पन्न भएको छ।
जुलाई २ मा आयोजना गरिएकोको सहयोगार्थ साँझमा स्रष्टा भक्तराज आचार्यका दुई सुपु्त्र सत्य–स्वरुपराज आचार्याद्वारा पिताका एबमं आफ्ना स्वरका गीतहरु प्रस्तुत गरेका थिए।
नेपोलीनाद्वारा सञ्चालन गरिएको उक्त सांगीतिक कार्यक्रममा सत्य–स्वरुपका अलावा स्थानिय प्रतिभावान गायक बिनय पौडेले आफ्नो गायन प्रस्तुत गरेका थिए भने प्रतिभाशाली नृत्यंगना जेनिशा चुडालले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा राम्रो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो।कार्यक्रम समापन समारोहमा आर एण्ड आर समुहका रोशन पुरी र तण्डुरी नाइटका श्याम लामाद्वारा गायकद्वय सत्य–स्बरुपलाई च्यारिटी कार्यक्रमबाट उठेको नगदको चेक हस्तानतरण गरिएको थियो।
कार्यकम प्रसार प्रचार एबमं सफल बनाउने सम्पूर्ण समुह ब्यक्तिहरुलाई आर एण्ड आर समुहका रोशन पुरीले धन्यबाद दिएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij