२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नुवाकोटको दुप्चेश्वर र बट्टारमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालमा

नुवाकोटको दुप्चेश्वर र बट्टारमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालमा

1.8K
Shares

अर्थ नेपाल नुवाकोट/ एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो नयाँ शाखा कार्यालयको स्थापना गरेको छ ।
बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
उक्त कार्यक्रममा बिदुर नगर पालिकाका उपमेयर गिता कुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेम नारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
साथै दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । ।
बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फतसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij