
अर्थ नेपाल
काठमाडौं/स्टार वन इन्टरटेनमेन्टले एसइईका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा मिस टिन एसईई २०१८ आयोजना गर्ने भएको छ। इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार एसइई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा बसेका किशोरीहरुको आत्म विश्वास र व्यक्तित्व विकासका लागि आगामी असार २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा चौथो संस्करणको यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
निरौलाका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धाका लागि राजधानीका विभिन्न विद्यालयबाट एसईइ दिएर बसेका सारिका खडका, कामना घिमिरे, ललिता ओली, अलिशा लामिछाने, प्रिश्मा लुईटेल, रश्मिता थापा, श्रेया कार्की, सन्ध्या सिग्देल, कुसुम गिरी, जश्मिन थापा मगर, निमालमु शेर्पा, जेशिका भण्डारी, रक्षा न्यौपाने, श्नेहा न्यौपाने, येजु तामाङ्ग, राशनी थिङ्ग, सोफिया तण्डुकार, रोशिका खनाल, इशा कार्की, जश्मिन शाह, उच्चता पुन मगर, यहना राई र सोनिया श्रेष्ठ चयन भएका छन् ।
प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल किशोरीहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न क्षेत्रका विज्ञहरुद्वारा व्यक्तित्व विकास, नेतृत्व क्षमता, कलाजस्ता विषयमा प्रशिक्षण दिईरहिएको प्रतियोगिताका व्यबस्थापक बालकृष्ण निरौलाले जानकारी दिएका छन् । प्रतियोगिता सम्राट साहको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij