२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दशौं डी सिने अवार्ड भब्य रुपमा सम्पन्न

दशौं डी सिने अवार्ड भब्य रुपमा सम्पन्न

1.5K
Shares

अर्थ नेपाल

काठमाडौं /डी सिने अवार्डको दशौं संस्करण सम्पन्न भएको छ । छायाछवि क्रियशनद्वारा विहीबार राजधानीको राष्ट्रिय सभागृहमा ‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा सभ्य, भव्य, सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारा सहित अवार्ड सम्पन्न भएको हो ।
अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन् । अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड चुमे भने निताले ‘पञ्चायत’बाट अवार्ड चुमिन ।डिजिटल फ्रम्याटमा बनेका चलचित्रहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले ‘डी सिने अवार्ड’ गरिदै आएको छ । छायाँछवि क्रियशनले आयोजना गर्ने यस अवार्डलाई चलचित्रकर्मीबीच उत्सवकोरुपमा नै मनाउने गरिएको छ ।

छायाँछवि क्रियशनले डी सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदानगर्दै आएको सम्मान एवम् पुरस्कार यसवर्ष हास्य साम्रागी बसुन्धरा भुसाललाई लाईफटाइम लिजेन्ड्री, प्रदर्शक एवम् वितरक नरेन्द्र महर्जन र कलाकार मैसमी मल्ललाई रजत सम्मान एवम् श्याम अर्याललाई पत्रकारिता पुरस्कार प्रदान गरियो । पत्रकारित पुरस्कार–०७५मा रु १० हजार १० रुपैया नगद राशि रहेको छ ।
विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको समारोहमा नायक अनमोल केसी, भुवन केसी, नायिका नीता ढुंगाना, नायक पुष्पल खड्का, नायिका शिल्पा पोखरेललगायतको सहभागिता थियो ।
चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष, लेखक, गीतकार समेत रहनुभएका शान्तिप्रियको अध्यक्षतामा यो अवार्ड हुँदै आएको छ । २९ विधाका अवार्ड रहनुका साथै जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड सहित छायाँछवि फिल्मकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि फिल्म पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान पनि कार्यक्रमका अवसरमा प्रदान गरियो ।
डी सिने अवार्डको जुरीमा लेखक र निर्देशक मोहन निरौला, पत्रकार र निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, सङ्गीतकार सन्तोष श्रेष्ठ एवम् निर्देशक र सिनेमाटोग्राफर सवनम मुखीया रहेका छन् ।

 

अवार्ड विजेताहरुको सुची यसप्रकार छः
उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्डःः

फिल्मः व्लाइण्ड रक्स,चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij