२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने

1.8K
Shares


अर्थ नेपाल
काठमाडौं / एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएको छ । ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौदर्य दुई सौदर्य प्रतियोगीता एकसाथ आयोजना हुँदैछ । जसमा फरक फरक तीन बिजेता छानिने छन् ।
आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी १ असारमा एकसाथ यी दुबै प्रतियोगीता आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघरमा जमलमा सम्पन हुने दुबै प्रतियोगीताको सहभागीहरु अहिले प्रशिक्षणमा छन् । प्रतियोगीको केही दिन अघि देखि नयाँ बानेश्वर स्थित होटल रानी महल प्रशिक्षण चलिरहेको छ ।
व्यक्तित्व विकास, लिडरसिप, आर्ट क्लास, टुर, अनाथालय भिजिट, कलेज भिजिट, ब्रिजकोर्ष, टेबुल म्यानर लगायतको बिषयमा उपयोगी र क्षमता मुलक प्रशिक्षण प्रतियोगीलाई दिइने आयोजक गल्याम वल्र्ड इन्टरटेनमेन्टका आशिष मिश्रले बताए ।
मिष्टर एण्ड मिस एसईई ग्ल्याममा युवा तर्फ बिशाल तामाङ, राहुल चन्द, राम ढुङ्गाना, सागर चौधरी, रिकेश घिमिरे, बिशाल दोङ, दिजन भट्टराई, दिपक तामाङ, ओजश्विराज थापा, राकेश खुइन्जु, संञ्जय तामाङ रहेका छन्, भने युवतीतर्फ समिक्षा मिजार, इञ्ची शेर्पा, श्रद्धा सुवेदी, सस्मित श्रेष्ठ, रोशनी कट्वाल, प्रज्ञा सेन्चुरी, नेहा जोशी, सन्ध्या अर्याल, कशिष घले, सविना बुढाथोकी, श्रद्धा केसी, प्रन्जली खड्का, सलिना श्रेष्ठ, अकेशा केसी, दिनिशा तामाङ लगायत रहेका छन् ।


त्यस्तै मिस एसईई युनिभर्सल तर्फ क्रितिसा सुवेदी, अलिशा ढकाल, अनुपमा अधिकारी, नम्रता सापकोटा, मोनिका श्रेष्ठ, आशिका पन्थी, प्रनिसा राय, शुभेच्छा खड्का, स्मृती श्रेष्ठ, चाहना लामा, मन्दिपा मगर, स्वर्निम केसी, बिमला लम्साल, अनुजा खनाल, अनिशा बिस्वकर्मा रहेका छन् ।
अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगीताको सबै विजेताले अध्यायन छात्रबृती, बिभिन्न गिफ्ट र मोडलिङ तथा अभिनय अवसर पुरस्कारको रुपमा प्राप्त गर्ने कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij