काठमाडौं/जनता बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा देशका विभिन्न ठाउँमा थप नयाँ ५ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले गोलबजार शाखा, गोलबजार नगरपालिका ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्ड गा.पा. २, रसुवा, दोरम्बा शाखा, दोरम्बा गा.पा. ३, रामेछाप, तातोपानी शाखा, तातोपानी गा.पा. ३, जुम्ला र कालिकास्थान शाखा, कालिका गा।पा। २, रसुवामा बैंकले शाखा स्थापना गरेको छ ।
यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् ।
जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
