
अर्थ नेपाल
काठमाडौं/मेगा बैंकले इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याइएको बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले बताइन्।
खाता खोल्ने प्रक्रिया
खाता खोल्न चाहने ग्राहकहरुले मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक वेबसाइट www.megabanknepal.com मा जानुपर्नेछ । त्यहाँ अनलाइन खाता खोल्नका लागि एउटा लिंक भेटिन्छ । त्यसमा सम्पूर्ण विवरणहरु भरिसकेपछि नागरिकता वा पासपोर्ट र आफ्नो फोटो अपलोड गर्नुपर्छ ।
आफ्ना सम्पूर्ण विवरणहरु भरिसकेपछि ग्राहकको इमेलमा भेरिफिकेशन लिंक जान्छ । ग्राहकले त्यसलाई भेरीफाइ गरेपछि सम्पूर्ण विवरणहरु बैंकमा आइपुग्छ । बैंकका कर्मचारीहरुले ग्राहकले भरेका सम्पूर्ण विवरण र कागजपत्रको रुजु गरेर खाता स्वीकृति प्रक्रिया अगाडि बढाउँछन् । आफ्नो दस्तखत र कागजपत्रको भेरिफिकेशनका लागि ग्राहकहरु एकपटक बैंकमा आउनुपर्नेछ । त्यसपछि छिनभरमै खाता खुल्नेछ । अनलाइन खाता खोल्नका लागि सजिलो होस् भनेर जानकारीमुलक भिडियो समेत वेभसाइटमै प्राप्त गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij