
काठमाडौं/एनआईसी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठौँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।
बैंक मुलुकभर २१६ शाखा कार्यालय, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij