२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

ईटहरीमा “टाटा मोटर्स कार मेला सिजन ३”

ईटहरीमा “टाटा मोटर्स कार मेला सिजन ३”

2.4K
Shares

अर्थ नेपाल 

इटहरी/ टाटा मोटर्स कार मेला सिजन ३ आजबाट ईटहरीको ओसन पार्कमा सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कालागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको टाटा मोटर्स कार मेला सिजन ३ आजबाट ईटहरीमा सुरु भएको हो ।

उक्त मेला जेष्ठ ४ गतेबाट ६ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको टाटाले जनाएको छ । वार्षिक रुपमा आयोजना गरिने हुनाले ग्राहकहरु यो मेलाको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij