२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगी

2.8K
Shares

अर्थ नेपाल
कञ्चनपुर /कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ ।
कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।
कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । उनले भने, “सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको छ ।”
एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको उनको भनाइ रहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij