२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

2K
Shares

अर्थ नेपाल
काठमाडौं /बुधबार विहान सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ । आज बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो । कालु एयरको नाइन एन जेयु जहाज टुक्राटुक्रा भएको छ। १२ हजार ८ सय फिटबाट खसेको विमान तीन टुक्रा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार १२ हजार ८ सय फिटबाट खसेको थियो।

तस्विर : निर्प हमाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij