
अर्थ नेपाल
काठमाडौं/यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाका विभिन्न स्थानीय विद्यालयहरुका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ।
धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको वहन गर्दै यूनाइटेड सिमेन्ट्सले गत वर्ष पनि सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो। साथै उसले आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ । यूनाइटेड सिमेन्ट्स केएल दुगड ग्रुपअन्तर्गतको कम्पनि हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij