२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आन फुटसलको उपाधि आउटरिच नेपालले जित्यो

आन फुटसलको उपाधि आउटरिच नेपालले जित्यो

1.1K
Shares

अर्थ नेपाल

काठमाडौं / आन फुटसल २०१८ को उपाधि आउटरिच नेपालले जित्न सफल भएको छ । फाइनलमा मिडिया बास्केटलाई २ का विरुद्ध ७ गोलको अन्तरले हराउँदै आउटरिचले यो उपाधि जितेको हो ।
फाइनलमा प्रवेशको लागि आउटरिचले वेलकम एडभरटाइजिङलाई सेमि फाइनलमा पराजित गरेको थियो । आउटरिच नेपाल टिमले आफ्नो समुहमा दोस्रो स्थान रहेर नक–आउट चरणमा प्रवेश गरेको थियो । यो टिमले बलियो प्रतिद्वन्दीहरु मिडिया हवलाई राउण्ड अफ १६ मा, कान्तिपुरलाई क्वार्टर फाइनलमा र वेलकमलाई सेमी फाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । आन फुटसलको फाइनल खेल यही २०७५ बैशाख २९ गते फिल्ड फुटसल, सानेपामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij