२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम बैंकको शाखा स्याङजाको मिर्मीमा

प्राइम बैंकको शाखा स्याङजाको मिर्मीमा

1.9K
Shares

अर्थ नेपाल
स्याङ्जा­ /प्राइम कमर्सियल बैंक लिमिटेडले स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ७ स्थित मिर्मीमा आफ्नो शाखा स्थापना गरेको छ । आइतबारदेखि सञ्चालनमा आएको बैंकको ६२ औं शाखा शाखाको उद्घाटन बैंकका सञ्चालक गजेन्द्र विष्टले गरेको थिए ।
शाखा उद्घाटन गर्दै बैंकका सञ्चालक विष्टले जनताको पहिलो रोजाईको बैंक बन्ने लक्ष्यका साथ काम गरिरहेको र निकट भविष्यमै बैंकले देशका विभिन्न ठाउँमा १४ वटा भन्दा बढी शाखा खोलेर बैंकिङ सेवा दिने योजना रहेको जानकारी दिए ।
बैंकका शाखा प्रवन्धक लोकवहादुर कुँवरले कालीगण्डकी विद्युत आयोजनामा कार्यरत कर्मचारीहरुको लागि पनि आवश्यक सेवा उपलब्ध गराइने बताए ।
यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij