२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक र नर्भिक अस्पतालबीच सम्झौंता

ग्लोबल आइएमई बैंक र नर्भिक अस्पतालबीच सम्झौंता

975
Shares

अर्थ नेपाल

काठमाडौं / ग्लोबल आइएमई बैंक र नर्भिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशतसम्मको छुट दिने सम्झौंता भएको छ । सम्झौंता अनुसार बैंकका प्रिभिलेज्ड कस्टुमर क्रेडिट कार्ड लिएका ग्राहक तथा उनका परिवार र कर्मचारी तथा उनका परिवारले पाँचदेखि १० प्रतिशत छुट पाउने जनाइएको छ ।
सम्झौंता अनुसार अस्पतालले दिने प्याथालोजी, सिटी स्क्यान, एमआईआर, रेडियोलोजी, कार्डिग नन इन्भ्यासिभ एक्जामिनेशन, सर्जिकल, म्यामोग्राम सेवामा १० प्रतिशत छुट पाउने उल्लेख छ । त्यसैगरी बेड चार्जमा पाँच प्रतिशत छुट पाइने बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अस्पतालले आफ्नो तर्फबाट ग्राहकलाई विभिन्न सेवामा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त पाँच प्रतिशत छुट पाउने पनि जनाएको छ । सम्झौंतामा बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्धन विभागका प्रमुख गणेश अवस्थी र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह बीच हस्ताक्षर भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij