२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल विच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल विच सम्झौता

2.1K
Shares

 

अर्थ नेपाल

काठमाडौं/ स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र ब्लु क्रस अस्पताल प्रा.लि.का तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता पछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल प्रा.लि. बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij