२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाकाबन्दीका खलनायक

नाकाबन्दीका खलनायक

2.2K
Shares

अर्थ नेपाल

काठमाडौं/लामो समयपछिको राजनीतिक संक्रमणपछि संविधानसभाले संविधान जारी गरेकोमा नेपाली जनता हर्षित थिए । राजनीतिक मुद्धाको अन्त्य गर्दै नयाँ संविधानको माध्यमबाट मुलुकको आर्थिक विकास हुने आशाले नेपाली जनतालाई भित्रैदेखी खुशी बनाएको थियो । तर त्यो खुशी लामो समयसम्म टिक्न पाएन । दक्षिणी छिमेकी भारतले संविधान कै विषयलाई लिएर असन्तुष्टि जनाउँदै कठोर नाकाबन्दी लगाएकाले नेपाली जनताको जनजीवन अकल्पनिय रुपमा संकट प¥यो । खाद्यान्न र पेट्रोलियम पदार्थ जस्ता सामग्री मात्र होइन औषधी जस्तो मानव जीवनसंग जोडिएको बस्तुको समेत चरम अभाव भयो ।
नेपाली जनताको जीवन एकाएक कष्टकर बन्न पुगेपछि अन्तराष्ट्रिय समुदायले समेत नाकाबन्दी खुलाउन भारतसंग आग्रह गरे । तर सिमा नाकामा आन्दोलनकारीले अवरोध पु¥याएको बहानामा भारतले नाकाबन्दी लगाएको समेत स्वीकार गरेन । नेपाल सामान आपुर्ति हुने मुख्य नाका ठप्प पारियो । यस्तो अवस्थामा नेपाली जनाले सरकारलाई साथ दिए । सिमित स्रोत साधनका विच राष्ट्र माथि परेको समस्यालाई नेपाली
जनताले हासिहासि सामना गरे । नेपाली जनताको अदम्य साहस र धैर्यताको अगाडी भारतको केहि लागेन । अघोषित रुपमा लगाइएको नाकाबन्दी अघोािषत रुपमा नै खुल्यो ।
यो घटनाले नेपाल र भारत विचको सम्बन्ध नराम्रोसंग धमिलियो । नेपालमा भारत विरोधी भावना अहिलेसम्म साम्य भएको छैन् । नेपाल माथि नाकाबन्दी लगाउने मुख्य खलनायक भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । सरकारले उनको नागरिक अभिनन्दन गर्दैछ । ब्यापक आशंकाको रुपमा हेरिएको उनको भ्रमणलाई जनस्तरबाट स्वीकार गरिएको छैन् । एउटा सार्वभौ मुलुकको आन्तरिक मामिलामा असन्तुष्टि जनाउँदै नाकाबन्दीसम्मको तहमा उत्रने भारतिय प्रधानमन्त्रीलाई यति छिट्टै माफ नगर्नु स्वभाविक छ ।
तर पनि भारत नेपालको छिमेकी हो । छिमेकी हुनुको नाताले र भौगोलिक बाध्यताको कारणले सधै कटु सम्बन्ध राखेर अघि बढ्न सक्ने परिस्थिती पनि छैन । भारतले नाकाबन्दी लगाउँदा परेको असरबाट पाठ सिकेर मुलुकको राष्ट्रियता र आत्मनिर्भतालाई जोड दिन सकियो भने भारतलाई राम्रो जवाफ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij