
अर्थ नेपाल काठमाडौं /आइएमई लिमिटेडले आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँव्यवस्था २०७५ साल वैशाख १९ गतेबाटलागु हुने कम्पनिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
यो सेवालिनको लागि सेवाग्राहीहरुले बीलजारि गर्नुपूर्व आफुलेबोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij