पाँचखाल नगरपालिकाका वडा अध्यक्ष माथि भ्रष्टाचारको आरोप

अर्थ नेपाल काठमाडौं/पाँचखाल नगरपालिका वडा नम्बर ५ मा खानेपानी आयोजनामा जनप्रतिनिधिबाट भ्रष्टाचार भएको छ । खानेपानी आयोजनाको लागि बोरिङ गर्ने क्रममा उक्त नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले १० लाख ३५ हजार रुपैँया भ्रष्टाचार गरेका हुन ।
१८ लाखमा बोरिङ गर्ने कम्पनिहरु सहमत हुँदाहुँदै वडा अध्यक्ष सापकोटाले भारतिय नम्बर प्लेट भएको बोरिङ मेसिनबाट १० लाख ३५ हजार बढिमा बोरिङ गराउने जिम्मा दिएका हुन । विना सर्त र टेण्डर विनै भारतिय नम्बर प्लेट भएको मेसिनलाई बोरिङ गर्न दिएपछि स्थानीयहरु आक्रोशित छन् । भारतिय नम्बर प्लेट भएको गाडीले व्यवसायीक काम गर्नु गैरकानुनी हो ।
वडा अध्यक्ष सापकोटाले खानेपानी आयोजनामा भ्रष्टाचार गरेपछि स्थानीयहरुले उक्त ठेक्का रद्द गरी भ्रष्टाचार कसुरमा कारबाहीको माग गर्दै अख्तियारमा उजुरी हाल्ने बताएका छन् ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology