२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तुलसीपुर उपमहानगरपालिकाद्धारा अपांगता भएकालाई बाख्रा वितरण

तुलसीपुर उपमहानगरपालिकाद्धारा अपांगता भएकालाई बाख्रा वितरण

2.8K
Shares

अर्थ नेपाल दाङ /मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ ले अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।
उपमहानगरपालिकाले अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् । पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij